फेवा टेलिभिजनले सेयर खुल्ला गर्ने


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०८२ मा प्रकाशित




फेवा टेलिभिजनको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । टेलिभिजनमा आवद्व सेयर सदस्यहरुको उपस्थिीतिमा भएको साधराण सभाका प्रमुख अतिथिका रुपमा ज्येष्ट सेयर सदस्य क्याप्टेन रुप बहादुर गुरुङ थिए । साधारण सभामा बोल्दै टेलिभिजनका अध्यक्ष लिला बहादुर जि.सी ले फेवा टेलिभिजन लिमिटेडलाई प्रा.लि मा लैजाने , टेलिभिजनको स्थानलाई स्थान्तरण गर्ने , नयाँ प्रविधि भित्राउने र इच्छुक नयाँ शेयर सदस्यहरुलाई केही समयको लागि शेयर खुल्ला गर्ने जानकारी दिए । यस्तै निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङले अझै पनि सम्पूर्ण शेयर सदस्य मिलेर टेलिभिजनको प्रगतिको लागि सोच्ने हो भने टेलिभिजनले मुनाफा दिने जिकिर गर्दै टेलिभिजनले आवाज विहिनको आवाज बन्दै समाजलाई सकरात्मक सन्देश दिएको बताए । सञ्चालक समिति रुद्र श्रीस मगरले डिजिटल माध्यमबाट गएको वर्षको प्रतिवेदन ,समस्य, समस्याको समधान र प्रस्तावको लागि सहजिकरण गरेका थिए भने यसलाई सम्पूण सेयर सदस्यहरुको माझमा प्रस्तुत टेलिभिजनका प्रबन्ध निर्देशक राजु श्रेष्ठले गरे । फेवा टेलिभिजनका सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट सेयर सदस्य गुणानिधि पाण्डेले टेलिभिजनलाई अगाडि बढाउन आफुहरु तयार रहेको बताए । कार्यक्रमको सञ्चालन फेवा टेलिभिजनका प्रबन्ध निर्देशक राजु श्रेष्ठले गरेका थिए । टेलिभिजनका अध्यक्ष लिला बहादुर जि .सीकाे अध्यक्षतामा भएकाे साधारण सभामा संस्थापक अध्यक्ष तेजेन्द्र पौड्ल ,निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङको पनि उपस्थिीति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बोर्ड सदस्य लोकेन्द्र कुमार राईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि फेवा टेलिभिजनका ज्येष्ट सेयर सदस्य रुप बहादुर गुरुङलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । प्रमुख अतिथि ज्येष्ट सेयर सदस्य गुरुङले आफुलाई फेवा टेलिभिजको सदस्य भएर यतिका वर्ष देखि रहन पाएकोमा गर्वको महसुस गर्दै आगामी दिनहरुमा पनि परेको खण्डमा आर्थिक, भौतिक, नैतिक तरिकाले आफु सहयोग गर्न तयार रहको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।