पोखरा, साउन २७
पोखरामा साउन ३० गते शुक्रबार “पोखरा डिजाईनर्स फेशन वीक-२०२५” आयोजना हुने भएको छ । बुटिक एसोसिएसन नेपालको आयोजनामा यहि साउन ३० गते शुक्रबार पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा पोखरा डिजाईनर्स फेशन वीक आयोजना गर्न लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
पोखरा डिजाईनर्स फेशन वीक–२०२५ मा स्थानीय तथा राष्ट्रिय डिजाइनरहरूको नयाँ कलेक्शन प्रस्तुत गरिने बुटिक एशोसियसन नेपालले जनाएको छ । फेसन वीकमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक सिर्जनशिलतालाई संयोजन गरी आकर्षक फेसन प्रस्तुति रहने एसोसियसनकि सचिब कमला गुरुङले जानकारी दिइन् । कार्यक्रमले डिजाइनरहरूलाई आफ्नो सिर्जनशील कला, नयाँ संग्रह र ट्रेन्डहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ । साथै फेसन उद्योगको प्रवद्र्धन, नेटवर्किङ र बजार पहुँच विस्तारमा समेत मद्दत गर्ने अपेक्षा गरिएको बुटिक नेपाल एशोसियसनकी अध्यक्ष इन्दिरा लामिछानेले जानकारी दिईन् ।
फेसन वीकमा सुष्मा थापा पाण्डे (गुन्योचोली बुटिक, चिप्लेढुंगा)÷२० वर्ष माथि÷प्रथम अध्यक्ष), सपना गुरुङ घले (डोनाज बुटिक, चिप्लेढुंगा÷२० वर्ष÷ट्रेजर), इन्दिरा लामिछाने (घुम्टो बुटिक, सुन्दरमार्ग, चिप्लेढुंगा)÷११ वर्ष माथि÷अध्यक्ष), सोयत्त भट्टराई लम्साल (सर्वणी बुटिक, नदीपुर÷७ वर्ष माथि÷उपाध्यक्ष), कमला गुरुङ (कृतिशा बुटिक, रानीपौवा÷११ वर्ष माथि÷सचिव), अमित बराल (ग्ल्यामसिटी, सुन्दरमार्ग ÷ १० वर्ष माथि ÷ सहसचिव), शान्ति श्रीश मगर (ग्लोरी फेसन होम, सुन्दरमार्ग, चिप्लेढुंगा÷१० वर्ष माथि÷पूर्व अध्यक्ष), रेणु सुब्बा (स्प्लेंडर बुटिक, चिप्लेढुंगा ÷ १८ वर्ष माथि ÷ कार्यकारी सह। सदस्य), रीना श्रेष्ठ (फ्लोरा बुटिक, बगर ÷ १५ वर्ष माथि ÷ कार्यकारी सह। सदस्य), सृजना श्रेष्ठ (शेरोन बुटिक, गैरापाटन ÷ १० वर्ष ÷ कार्यकारी सह। सदस्य), अस्मी गुरुङ (तमन्ना बुटिक, अमरसिंह ÷ १० वर्ष माथि ÷ आजीवन सदस्य), शोभा गुरुङ (फ्युजन क्रिएसन, रानीपौवा ÷ १० वर्ष माथि ÷ आजीवन सदस्य), मञ्जु क्षेत्री (मोहिनी कलेक्सन, सुन्दर मार्ग ÷ ५ वर्ष ÷ आजीवन सदस्य) र कल्पना गुरुङ (कल्पना गुरुङ बुटिक, न्यूरोड÷५ वर्ष÷कार्यकारी सदस्य) सहभागी छन् ।
कार्यक्रममा सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, इन्दिरा लामिछाने, सोयत्त भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीश मगर, रेणु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङ लगायतका फेसन डिजाइनरहरू सहभागी हुने जनाइएको छ ।
कार्यक्रमका शो टपरहरूमा करिश्मा मानधर, अञ्जना बराइली, सनिशा भट्टराई, राजकुमार सिंह, कृशल श्रेष्ठ, सुवेक्षा खड्का, मिरा कक्षपति र प्रेरणा लामाजस्ता कलाकारहरू सहभागी हुने एसोसियसनकि सचिब कमला गुरुङले जानकारी दिईन् ।
बुटिक एसोसिएसन नेपालका अध्यक्ष लामिछानेले नेपाली फेसन उद्योगलाई विश्व बजारमा चिनाउने यो कार्यक्रम महत्वपूर्ण मञ्च साबित हुने विश्वास व्यक्त गर्दै मिडिया, प्रायोजक र सहभागी सबैलाई धन्यवाद दिदै सबैको साथ र समर्थनले कार्यक्रम सफल हुने आशा व्यक्त गरिन् ।
बुटिक एसोसिएसन नेपाल २०७४ सालमा स्थापित भई पहिरन तथा फेसन डिजाईन क्षेत्रमा पेशागत दक्षता र व्यवसायिक हितको संरक्षणका लागि सक्रिय संस्था रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित…






