पोखरा । मर्निङ वाक गर्नेहरुको स्वतन्त्र सामाजिक समूह “घुमन्ते समूह” ले बुधबार (साउन २८ गते) आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ ।
समूहका अध्यक्ष (मुखिया) दशरथमान बुद्दाचार्य “काका” को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार आनन्दराज मुल्मीले समूहलाई अझ बढि क्रियाशिल र सिर्जनशिल बनाउन सुझाब दिनु भयो । समारोहमा हालै नेपाल प्रहरीमा एसएसपि मा बढुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन हुनुभएका प्र.ब.उ. तुलबहादुर कार्कीलाई सम्मान गरिएको समूहका सक्रिय सदस्य सोबितमान बुद्दाचार्यले जानकारी दिनुभयो । समूहका सचिब बिमलमान गुभाजुले नयाँ सदस्यको रुपमा राजेशमान बुद्दाचार्यलाई टोपी लगाई स्वागत गरिएको जानकारी दिनुभयो ।
समूहका कोषाध्यक्ष टोपबहादुर थापाका अनुसार, समूहले समय–समयमा सामाजिक गतिविधिहरू आयोजना गर्दै आएको छ र सदस्यहरूको जन्मदिनमा फेलोसिप कार्यक्रम पनि गर्ने परम्परा छ।
घुमन्ते समूह लामो समयदेखि मर्निङ वाक गर्दै आएको भए पनि औपचारिक रूपमा २०८१ साउन २८ गते स्थापना भएको हो। समूहमा नियमित रूपमा मर्निङ वाक गर्ने २०–२२ जना सदस्यहरू सक्रिय रूपमा सहभागी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







