गैह्रापाटन नेवा समाजले जित्यो ताया: मचा नृत्य प्रतियोगिताको उपाधि


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ३१

पोखरामा भएको तायाः मचा प्रतियोगिताको उपाधि गैह्रापाटन नेवा समाजले जितेको छ।

नेवा: खल कास्कीको आहवान र सिसुवा नेवा: खलको आयोजनामा शनिबार राती सम्पन्न प्रतियोगितामा २६ प्रतियोगी टिमलाई पछि पार्दै गैह्रापाटन नेवा: खल प्रथम भएको हो ।

प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवाः टोल तृतीय र नदीपुर तायाः मचा समिति सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ।

प्रथम हुने गैड्रापाटन नेवाः खलले १ लाख, द्वितीय हुने सरस्वती मन्दिर तायाः मचा समितिले ७५ हजार, तृतीय हुने मोहरिया नेवाले ५० हजार र सान्त्वना स्थान प्राप्त गर्ने नदीपुर ताया: मचा समितिले २५ हजार सहित ट्रफी प्राप्त गरे ।

महिलातर्फ नेवा: खल भण्डारढीक प्रथम हुँदै ४० हजार, समाज कल्याण नेवा खल : राजाको चौतारा द्वितीय हुँदै ३० हजार र लामाचौर नेवाः खल गुठी तृतीय हुँदै २५ हजार र ट्रफी जित्न सफल भए ।

बिजेताहरूलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक सि सिसुवा नेवाः खलका अध्यक्ष अर्जुन कुमार ताम्राकार, पोखरा – ३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा-३० का वडाध्यक्ष दीपक सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।