पोखरा । सुर्यचन्द्र विकास समाजको आयोजनामा विगतका वर्षमाझै यस वर्ष पनि ११ औं मालेपाटन खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ ।
कार्यक्रम यहि भदौ १० गते मङ्गलबार हरितालिका तिजको दिन पुवान्ह ११ बजेदेखि पोखरा ५ मालेपाटन स्थित बाराही माविको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा महिलाहरुले मौलिक बोल लय मा तिजगित तथा नृत्य प्रस्तुत गर्नुपर्ने छ । साथै कास्की जिल्ला भित्रका महिलाहरु मध्येबाट एक जनालाइ महिलालाई सम्मान गरि “श्रस्ट्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु चालीस हजार र प्रमाणपत्र, द्वितीय हने समुहलाई नगद रु तीस हजार र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद रु। बीस हजार र प्रमाणपत्र र सान्त्वना हुने समुहलाई नगद रु दस हजार प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट भेषभुशा र नृत्यलाई नगद र तीन र तिन हजार प्रदान गरिनेछ भने प्रतियोगितामा १६ समुहले भाग लिने अपेक्षा आयोजकले गरेको छ । एउटा समूहमा ८ जना हुनुपर्दछ भने समुह दर्ता सस्थाको कार्यालयमा भदौ ५ गातेसम्म गर्न सकिने विकास समाजकी अध्यक्ष सावित्रा कोइरालाले बताइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







