पोखरा–१५ कोलपाटन (माछापुच्छ्रे मार्ग)का समाजसेवी, मिलनसार तथा सहयोगी व्यक्तित्व झलक बहादुर के.सी. (खत्री)ले सिद्ध माध्यमिक विद्यालय, पोखरा–१५ मा अक्षयकोष स्थापना गरेका छन्।
केसीले आफ्नो ८८ वर्षीय पिता भक्तबहादुर खत्रीको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै विद्यालयमा आयोजित एक कार्यक्रमबीच रु. २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) सहयोग रकम प्रदान गर्दै अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए।
श्के.सी.की धर्मपत्नी शोभा के.सी., छोरा–छोरीहरू सबैको उज्ज्वल भविष्य तथा दीर्घायु जीवनको कामना गर्दै विद्यालय परिवारले उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ।
विद्यालयका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, शैक्षिक सामग्री वितरण गर्ने र विद्यालयको समग्र शैक्षिक सुधार एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बताए। अहिलेसम्म ६० लाख अक्षयकोषमा जम्मा भइसकेको र यो रकमको मूल धन खर्च नगर्ने अनि ब्याजबाट आएको रकम विद्यार्थीको शैक्षिक उन्नतिमा खर्च गरिने पौडेलले बताए ।
सिद्ध माध्यमिक विद्यालय पोखरा महानगरपालिका वडा नं. १५ भित्रको एक मात्र सामुदायिक विद्यालय हो। विद्यालय परिवारले सहयोगी महानुभावहरूलाई अक्षयकोषमा हातेमालो गर्न आग्रह समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







