तस्बीरः एजेन्सी
म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ ।
म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ।
केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आएपनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ।
म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ।
यही विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ ।
यसबीचमा नै संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारका सेनाले नागरिकविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन्।
रातको समयमा छापा मार्ने र पक्राउ गर्ने जस्ता हर्कत सेनाले गरेको भन्दै उनले नागरिकको अधिकार हनन् गरिरहेको बताएको खबरमा उल्लेख छ।
यस्तै, युरोपेली संघ, अमेरिका र बेलायतले म्यानमारका सेनालाई प्रदर्शनकारीमाथि हिंसा नगर्न अपिल गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







