देवीस्थान भजन महिला समुहले जित्यो सिटीवानको तीज गीत प्रतियोगिताको उपाधि


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०८२ मा प्रकाशित




पोखरा ।
सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समुह प्रथम भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सहभागी ४० समूह मध्य अब्बल बन्दै प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप हात पार्न सफलभयो ।

प्रतियोगितामा पोखरा २५ को कमल जोशी आमा समुह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समुह सान्त्वना भयो । उनीहरूले क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहितगिफ्ट ह्याम्पर हातपारे ।

यसैगरी विधागततर्फ उत्कृष्ट नृत्य तर्फको पुरस्कार बालोदय सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार महिला क्लब पोखरा ७ र उत्कृष्ट शब्द तर्फको पुरस्कार नेशनल इन्भेन्टिभ स्कुलको हातमा र्पयो । प्रोत्साहन पुरस्कार अम्मरसिंह माध्यमिक विद्यालयले जित्यो । विधागत र प्रोत्साहनतर्फको विजेताले नगद ५ हजार सहितगिफ्ट ह्याम्पर हातपारे ।

विजेतालाई गण्डकी प्रदेशकाउद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, कार्यक्रम संयोजक वरिष्ठ सौन्दर्यविद् चिनु गुरुङ, निर्देशक हरिराज पन्तलगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले तीज गीत प्रतियोगिताको आयोजनाले संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे । मौलिक संस्कृति र रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले विकृतिको नियन्त्रण गर्दै संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सन्देशमूलक प्रस्तुतीले समाजमा सकारात्मक धारणाको विकास हुने उनको भनाइथियो ।

यसअगाडि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले गरेकीथिइन् । उद्घाटन समारोहमाबोल्दै उपसभामुखथापाले तीज महिला एकताको दिनको रुपमा रहेको बताइन् ।

गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष धर्मराज वर्तौलाले गण्डकी प्रदेशको समृद्धिको लागि सरकारले पहल गर्नुपर्ने बताए ।

टेलिभिजनकाउपाध्यक्षतथाकार्यक्रम संयोजक चिनु गुरुङले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।

सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यदिलमाया पौवी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, टेलिभिजनकाप्रबन्धनिर्देशक अनिशाश्रेष्ठ लगायतले तीजपर्व सहिततीजगीतको महत्वको बारेमा बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।