आज कुशे औँसी : घर–घरमा कुश भित्र्याइदै


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८२ मा प्रकाशित




पोखरा । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज घर–घरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश आजको दिन उखेलेर सुरक्षित राख्ने प्रचलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अरु दिन उखेलिएको कुश त्यसै दिन मात्रै प्रयोग गर्न मिल्ने धार्मिक मान्यता छ।

घरमा कुश राख्दा परिवारको कल्याण हुने विश्वास छ। सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको उत्पत्ति गर्नुभएको उल्लेख पाइन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।