अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८२ मा प्रकाशित




पोखरा, भदौ ७

अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा बामदेव सुवेदी चयन भएका छन् । महासंघ कास्कीको हालै भएको तेस्रो जिल्ला सम्मेलनले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघ कास्कीको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा स्वयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले अखिल नेपाल महासंघलाई समग्र खेलकुदको नेतृत्व गर्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक विष्वप्रकाश लामिछानेले खेलकुदमा भएको विकृति, विसंगतीबिरुद्द लड्न महासंघलाई आग्रह गरे ।

माओवादीका युवा नेता अमरदीप पराजुलीले संगठन बलियो बनाउँदै समग्र खेलकुदको विकास र समृद्दिमा टेवा पुर्याउन सुझाव दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य भोजराज लामिछाने र अमरदीप पराजुली, महासंघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक बलराम सुवेदी र गणतान्त्रिक खेलकुद महासंघका संस्थापक उपाध्यक्ष नवराज बहादुर खड्कालगायतले पनि बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।