जसपा नेता ईरफान खान शशस्त्र प्रहरी बल विन्दवासिनी बाहिनी मुख्यालयबाट सम्मानित


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८२ मा प्रकाशित




पोखरा । जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका अध्यक्ष मोहम्मद ईरफान खान पछिल्ला दिनमा लुम्बिनी प्रदेश राजनीति र सामाजिक क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा देखिएका छन्। पार्टी संरचना भित्रको जिम्मेवारीसँगै उनी हाल आन्तरिक मामिला तथा कानुन मन्त्रीको जनसम्पर्क सल्लाहकारसमेत रहेका खान राजनीतिक सञ्जाल र पहुँच विस्तारमा सक्रिय छन्।

हालै शशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्दवासिनी बाहिनी मुख्यालयले खानलाई लुम्बिनी प्रदेश सरकारमार्फत बजेट विनियोजन, पूर्वाधार तथा सौन्र्दयीकरणमा सहयोग पुर्याएको भन्दै महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म छोटो समयमा आफ्नो उपस्थिती बनाएका खानले शशस्त्र प्रहरीका विभिन्न युनिट र कार्यालयहरूमा पूर्बाधार बिकास कार्यक्रम ल्याउने प्रक्रिया अघि सारेका छन्। यसले उनको भूमिका पार्टी राजनीतिमा मात्र सीमित नराखी सामाजिक, सरकारी निकाय र सुरक्षासंस्थासम्म विस्तार भएको देखिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।