पोखरा । ठूलो डिही–पोखरा सम्पर्क मञ्चको आयोजनामा हरितालिका तिज विशेष दिदीबहिनी भेटघाट, वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य माननीय सिताकुमारी सुन्दासले एउटै आँगनीमा खाइखेलेका दिदीबहिनीहरूसँग तिजको पावन अवसरमा एकै थलोमा भेट्न पाउँदा आफू प्रफुल्लित भएको बताउँदै वित्तीय साक्षरता र जेष्ठ नागरिकका लागि पोखरामै बायोमेट्रिक सुविधा उपलब्ध गराइनु सराहनीय कार्य भएको उल्लेख गरिन्।
कार्यक्रममा मञ्चका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापाले शुभकामना व्यक्त गर्दै संस्थाले गरिरहेको सामाजिक काम स्तुत्य रहेको बताए। कार्यक्रममा स्वागत कोषाध्यक्ष झंम्कनाथ पोखरेलले गरेका थिए भने सञ्चालन सचिव हरि नेपालले गरेका थिए।
मञ्चका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले आसनबाट बोल्दै सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक नवीकरणका लागि आफ्नो आग्रहलाई स्वीकार गरी पोखरामै सुविधा उपलब्ध गराएकोमा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, वडा नं ७ का अध्यक्ष कृष्ण बहादुर आले, वडा सचिव हेमकान्त रेग्मी र रामचन्द्र रेग्मीसहित सबैलाई धन्यवाद ज्ञापन गरे।
सो अवसरमा ५४ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका थिए भने कार्यक्रममा जम्मा १४४ जनाको सहभागिता रहेको मञ्चले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ८ पर्यटन भनेको नेचर, कल्चर र एडभेञ्चर अर्थात प्रकृति,…







