गणेश चतुर्थी पर्व आज देशभर भगवान गणेशको पूजा आराधना गरि मनाइँदै


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८२ मा प्रकाशित




पोखरा । आज गणेश चतुर्थी पर्व मनाइँदै छ। भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेश जन्मिएको मान्यता छ।

गणेश भगवान्, शिव र पार्वतीका छोरा, जसलाई विघ्नहर्ता अर्थात् बाधा हटाउने देवता मानिन्छ। कुनै पनि पूजा वा धार्मिक काममा सबैभन्दा पहिला गणेशलाई पूजा गर्ने परम्परा छ, यसलाई अग्रपूजाको अधिकार भनिन्छ।

आज बिहान महिलाहरूले तीज व्रतको पारायण गरेर मध्याह्नमा गणेशको पूजा गर्छन्। यसरी पूजा गर्दा दाम्पत्य सुख, घर–परिवारमा शान्ति र जीवनमा विघ्न नआओस् भन्ने कामना गरिन्छ।

काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश मन्दिरमा विशेष भीड लाग्ने अपेक्षा गरिएको छ।नेवार समुदायमा यस दिन बच्चाहरूलाई छुस्यामुस्या (मीठा खानेकुरा बाँड्ने) चलन पनि छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।