पाेखरा१५
कास्की प्रहरीले खाजा घरमा अनैतिक गतिविधि गरेकाे आराेपमा १९ जनालाई पक्राउ गरेकाे छ । पोखरा महानगरपालिका वडा नं. २, बागलुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघर र होटेलहरूमा अनैतिक गतिविधि हुँदै आएको सूचनाको आधारमा छापा मारेर १९ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्की र महानगरीय प्रहरी वृत्तका टोलीले संयुक्त रूपमा गएको शुक्रबार राति विशेष अपरेशन सञ्चालन गरेको थियो। सो क्रममा बागलुङ बसपार्क क्षेत्रमा सञ्चालित विभिन्न खाजाघर र होटेलहरूमा खोजतलासी गर्दा अवैध रूपमा अनैतिक क्रियाकलाप गर्दै आएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिएको छ। स्वास्थ्य, सुरक्षा, शान्ति सुरक्षासँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै प्रहरीले यस्ता गतिविधि रोक्न नियमित अनुगमन गर्ने जनाएको छ।
पक्राउ परेका खाजाघर सञ्चालक तथा संलग्न व्यक्तिहरूको विवरण:
- पोखरा–१० अन्नपूर्ण गाउँपालिका बस्ने २७ वर्षीया रचना गुरुङ
- माछापुच्छ्रे गाउँपालिका बस्ने २६ वर्षीया सन्ध्या मगर
- पोखरा–२ बस्ने २८ वर्षीया मन्दाकिनी थापा
- पोखरा–२ बस्ने २९ वर्षीया बेलु मुमाई
- पोखरा–११ बस्ने २५ वर्षीया मुमता गुरुङ
- पोखरा–२ बस्ने २८ वर्षीया सितारा परियार
- पोखरा–२ बस्ने २५ वर्षीया मिना शिवाकोटी
- पोखरा–२ बस्ने ३० वर्षीया तामाङ
- अन्नपूर्ण गाउँपालिका बस्ने २८ वर्षीया इन्दिरा नेपाली
- पोखरा–२ बस्ने २६ वर्षीया माया कार्की
- पोखरा–२ बस्ने २८ वर्षीया निर्मला जिसी
- पोखरा–२ बस्ने ३० वर्षीया आश्मा राना
- पोखरा–२ बस्ने ४२ वर्षीया माया कार्की
- पोखरा–२ बस्ने ३५ वर्षीया मुमता विक
- पोखरा–२ बस्ने ३३ वर्षीया प्रेम तामाङ
- पोखरा–२ बस्ने ३५ वर्षीया बिनिता विक
- पोखरा–२ बस्ने २९ वर्षीया अश्मिता तामाङ
- पोखरा–२ बस्ने ३२ वर्षीया सुनिता दर्जी
- पोखरा–२ बस्ने २८ वर्षीया सितारा परियार
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्र. प्र. अधीक्षक दिव्य जोशीले यस्ता अनैतिक गतिविधि नियन्त्रण गर्न प्रहरीको विशेष अभियान निरन्तर रहने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







