पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार सुवेदी पुरस्कृत


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २०

पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा शुक्रबार सुवेदीलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद २१ हजारसहित दोषल्ला र सम्मान पत्र छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणीराज लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, समितिका अध्यक्ष अम्विकाप्रसाद घिमिरे (अमृत)लगायतले उक्त पुरस्कार सुवेदीलाई अर्पण गरे ।

पुरस्कृत सुवेदी नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका निवर्तमान महासचिव हुन् । हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका उनले माछापुच्छ«े एफएम, पोखरा एफएम, वाराही एफएम, हिमदूत दैनिक, समाधान दैनिक, नया पत्रिका दैनिक लगायतमा काम गरिसकेका छन् । हाल उनी केन्द्रभाग डटकममा प्रधान सम्पादकका रुपमा कार्यरत छन् ।

समितिले प्रत्येक दुई/दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त अवसरमा समितिले दुई व्यवसायी कुलबहादुर गुरुङ र विनोद गुरुङलाई सम्मान गरेको छ । त्यस्तै समितिका पूर्व अध्यक्ष तथा होटल कन्दराका सञ्चालक हरि पाण्डेका सुपुत्र डा.बिजय पाण्डेलाई एमविविएस, एमडी उत्तिर्ण भई चिकित्सा पेशा शुरु गरेकोमा र समितिका निवर्तमान अध्यक्ष तथा होटल सेन्टर प्वाईन्टका सञ्चालक बालकृष्ण निउरेका छोरा राहुल निउरेलाई दश जोड दुई कक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण भएकोमा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।