नेपालमा युट्युब पनि बन्द


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०८२ मा प्रकाशित




नेपालमा युट्युब पनि बन्दसरकारले नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ ।

आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्‍द हुने क्रममा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।