भदौ २१,पोखरा
नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन भएकी छन् । समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन भए । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन भए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको संस्थागत विकासमा आफ्नो बलबुताले भ्याएसम्म कोशिस गर्ने प्रतिबद्धता जाहेर गरिन् । समाजका गतिविधीमा समुहलाई समेटेर अघि बढ्ने उनको भनाई थियो । समूहका सल्लाहकार दुर्गाराज गिरी संयोजक तथा पवित्र गिरी र विनोद लामिछाने सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सनीले एक समारोहका विच अधिवेशनको उद्घघाटन गरेका थिए । सो अवसरमा उनले टोल विकासका लागि जनप्रतिनिधि तथा स्थानिय विच सकारात्मक सहकार्यको खाँचो रहने औल्याए । ‘आपसी सहयोगले नै टोल, समाज, वडा, बन्ने हो’– उनले भने । सोही समारोहमा उनले आमा समुह र नागढुंगा टोल विकास संस्थालाई संयुक्त रुपमा साउण्ड सिस्टम हस्तान्तरण गरे ।
उद्घघाटन समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य गोविन्द तुलाचन, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, समुहका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी,कृषी सञ्जाल वडा नम्बर ९ का अध्यक्ष बिमला रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा नागढुंगा आमा समूहको भौतिक एवं आर्थिक विकासमा सहयोग गर्ने सहयोगीहरू सुकमाया राजभण्डारी, शान्ति श्रेष्ठ, शिवप्रसाद सुवेदी, लक्ष्मी गिरी, पर्वती क्षत्री, पूर्णबहादुर परियार लगायतलाई सम्मान गरिएको थियो । अम्बिका लामिछानेलाई समुहले सक्रिय सदस्यका रुपमा सम्मान ग¥यो ।
समूहका निवर्तमान अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा सचिव सिमा लामिछानेले सञ्चालनसँगै कार्यप्रतिवेदन एवं कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनसँगै निवर्तमान बन्नुभएका कमला केसीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको…






