बाल कल्याण संस्था पोखरा–१८ सेदीले आईतबार सामाजिक लेखा परीक्षण तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा सामाजिक लेखा परीक्षण तथा साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद बरालले बाल कल्याण संस्थाले असहायःतथा विपन्न बालबालिकालाई आश्रय दिई शिक्षा दीक्षा प्रदान गरिरहेको भन्दै संस्थाको प्रशंसा गरे । राज्यले गर्नुपर्ने काम बाल कल्याण संस्थाले गरिरहेको उनको भनाई थियो ।
बालकल्याण संस्थाका उपाध्यक्ष वसन्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बिजयकुमार प्रधानले संस्थाले गरिरहेका कामकारवाहीबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, राष्ट्रिय मानव अधिकार आयोगकी नितु गर्तौला, पोखरा महानगरपालिकाकी सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक (ईन्सपेक्टर) सरला ढकाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रकाश गिरीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







