सन्देश श्रेष्ठ
पोखरा, भदौ २३
लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली अध्यक्षमा निर्वाचित भएकी छन् । पर्यटकीय राजधानी पोखराको लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका प्रतिष्पर्धी राजेन्द्र ओझालाई १६३ मतान्तरले पछि पार्दै अध्यक्षमा चुनिएकी हुन् । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष बन्दै उनले ईतिहास रचेकी हुन् ।

निर्वाचित जानुकाले ९ सय ९६ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी ओझाले ८ सय ३३ मत प्राप्त गरे । निर्वाचित जानुका निवर्तमान महासचिव हुन् भने पराजित ओझा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।
संघको शनिबार सम्पन्न १५ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए । संघमा कुल २ हजार १९ जना सदस्य छन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले नमिलेपछि कांग्रेस-नेकपा माओवादी केन्द्रको तर्फबाट जानुकाको प्यानल र प्रमुख सत्तारुढ नेकपा एमाले र रास्वपाको तर्फबाट ओझाको प्यानल बनेको थियो । जसमा जानुकाको प्यानल नै बिजयीहुँदा ओझा प्यानल क्लिन स्वीप भयो ।
संघको बरिष्ठ उपाध्यक्षमा जानुका प्यानलका गोपीचन्द्र बास्तोला बिजयी भए । उनले प्रतिष्पर्धी उपेन्द्रराज सुवेदी (राजु)लाई ११३ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी बास्तोलाले ९६६ मत प्राप्त गर्दा पराजित सुवेदीले ८५३ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्यले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई ४७६ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी कर्माचार्यले ११५० मत प्राप्त गर्दा श्रेष्ठले ६७४ मत प्राप्त गरे । त्यस्तै, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराईले प्रतिष्पर्धी धीरजकुमार श्रेष्ठलाई दोब्बर मतान्तर (६१५)ले पराजित गर्दै बिजयी भए । बिजयी भट्टराईले १ हजार २ सय १८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ६ सय ३ मत प्राप्त गरे ।
संघको महासचिवमा भरतराज ओझाले जीवन तिवारीलाई ७९ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी ओझाले ९ सय ५५ मत प्राप्त गर्दा पराजित तिवारीले ८ सय ७६ मत प्राप्त गरे । उप–महासचिवमा गंगाकुमारी मल्लले लक्ष्मीप्रसाद तिवारी (एलपी)लाई ३ सय मतान्तरले पराजित गर्दै बिजयी भईन् । बिजयी मल्लले १ हजार ६६ मत प्राप्त गर्दा पराजित तिवारीले ७ सय ६६ मत प्राप्त गरे । कोषाध्यक्षमा हरी बस्ताकोटीले टीकाराम सापकोटालाई २ सय ४९ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी बस्ताकोटीले १ हजार २७ मत प्राप्त गर्दा पराजित सापकोटाले ७ सय ७८ मत प्राप्त गरे ।
संघको सदस्यहरुमा पनि जानुकाको प्यानल नै बिजयी भए । सदस्यमा सुजन न्यौपाने (१०७२), प्रतीक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), बिरेन्द्रराज भुर्तेल (९७७), दीपक अधिकारी (९६०), प्रभा पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना (८८३) र सन्दिप बुढाथोकी (८८३) मत ल्याएर बिजयी भए । संघको सदस्यका प्रतिष्पर्धी भीमप्रसाद सुवेदी (५११), घनश्याम ढुंगाना (६८८), किशोर अधिकारी (७१५), कृष्णप्रसाद सुवेदी (८५७), नवराज पौडेल (८७८), सन्तोष हमाल (५००), सुरेन्द्र गुरुङ (७११) र शिबराज अधिकारी (६२७) मतसहित पराजित भए ।
महिला सदस्यहरुमा शर्मिला श्रेष्ठ (११८४) र गंगा सापकोटा परियार (९१०) मत ल्याएर बिजयी भए । महिला सदस्यमा ३ मतले पराजित सपना सुवेदीले ९०७ मत प्राप्त गरिन् ।
एसोसिएट सदस्यः दयाराज भण्डारी २७ मत ल्याएर विजयी भ एभने संस्थागत सदस्यमा विरभद्र कंडेल निर्विरोध निर्वाचित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







