सन्देश श्रेष्ठ
पोखरा, भदौ २४
गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले पदबाट राजिनामा दिएका छन् । जेनजी आन्दोलनमा निर्मम दमन भएको भन्दै उनले नैतिकताका आधारमा आज पदबाट राजिनामा दिएका हुन् ।

देशमा जेनजीका युवाहरुले सञ्चालन गरेको आन्दोलनमा निर्ममतापूर्वक गोली हानी १९ जना युवाको हत्या भएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले यस्तो परिस्थितिमा सरकारमा बसिरहनु नैतिकताले नदिएको र आफ्नो पार्टी नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि राजिनामा दिन दिएको निर्देशन अनुसार राजिनामा दिएको बताएका छन् ।
देवकोटाको राजिनामा स्वीकृत भइसकेको छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे देश बाहिर रहेकाले तत्काल स्वीकृत पनि नहुने भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







