पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले मंगलबार एक विज्ञप्ती निकालेर विमानस्थलबाट उडान अवतरण अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो । जेनजी आन्दोलनका कारण लगाइएको आगोको धुवाँबाट वायूमण्डलमा भएको प्रदूर्षणले भिजिविलिटी कम हुन गएकाले विमानस्थल बन्द गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।
जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले पोखराको वायुमण्डल तुवाँलो र धुवाँले ढाकेको छ । पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयदेखि सबै मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालय, महानगर अन्तर्गतका विभिन्न वडा कार्यालय, सरकारी कार्यालय, अदालत, ट्राफिक विटलगायत जलाएका छन् । जसका कारण मंगलबार दिनभरी नै धुवाँको मुस्लो निस्किदा वायुमण्डल प्रदूर्षण भएको हो ।
जेनजी आन्दोलनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ । काठमाडौंमा अवतरण गर्न नपाएपछि जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







