पोखरामा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । जेनजीको आन्दोनका क्रममा मंगलबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको नयाँबजारस्थित घर र गाडी सोरुममा आगजनी गरेका थिए। आज विहान ध्रुवको गाडी सो रुममा काम गर्ने महिला सोहि आगोमा परेर मृत अवस्थामा भेटिएका हुन् । उनको अधिकांश भाग जलेको अवस्थामा शव भेटिएको बताइएको छ ।
उनको शव भर्याङनेर भेटिएको थियो। ती महिला आगो लागेपछि भाग्ने क्रममा उनी भर्याङनेर लडेको हुन सक्ने स्थानियको भनाई छ । हतारमा उनी त्यहाँ भए नभएको कसैलाई याद नभएको पनि प्रत्यक्षदर्शीको भनाइ छ।
अहिले एउटा जलेको शवको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ। अहिले पोखराको बजार क्षेत्रमा सेना खटिएको छ। हिजो जलेका संरचनाहरु सफाइ चलिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







