पोखरा, भदौ २९
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा नेतृ श्रेष्ठले रास्वपा छाडेको घोषणा गरेकी हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला शिक्षामन्त्री बनेकी थिईन् ।
सुपनाले पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिईने गरेको गम्भीर आरोप लगाएकी छन् । पार्टीका नेतालाई देशभन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेतालाई राखेको आरोप लगाउँदै उनले भनेकी छन्,‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’ उनले आफू माथि पनि बारम्बार मिडिया ट्रायलको प्रयास भएको संकेत गर्दै उनले भनिन्,’अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
सुमनाले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको आरोप लगाएकी छन् । तर यो कुरा आफूलाई स्वीकार्य नभएकाले पार्टी छाड्नुपरेको उनले स्पष्ट पारेकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले अगाडि थपिन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा…







