जिल्ला प्रहरी कार्यालयलाई लायन्स क्लब अफ पोखराको सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८२ मा प्रकाशित




पोखरा । हालैको जेन जि आन्दोलनका क्रममा आन्दोलनकारीहरूले लगाएको आगलागीबाट जिल्ला प्रहरी कार्यालय पोखरा पूर्ण रूपमा ध्वस्त भएपछि विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको छ। यसै क्रममा लायन्स क्लब अफ पोखराले रु एक लाख बराबरका किचन सामग्री प्रथम  भाइस डिस्ट्रीक गर्भनर लायन प्रजापती बास्तोला ज्यु को प्रमुख अतिथ्य मा जिल्ला प्रहरी कार्यलयलाइ हस्तान्तरण गरी प्रहरी प्रशासनलाई सहयोग गरेको छ।

लायन्स क्लबले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मूल नारालाई आत्मसात गर्दै विपद्को परिस्थितिमा सामाजिक उत्तरदायित्व स्वरूप सहयोग गरेको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले अहिलेको विषम परिस्थितिमा सबै निकाय र समुदायले हातेमालो गर्दै अघि बढ्नु पर्ने आवश्यकता औंल्याए।

प्रहरी प्रशासन देशको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय हो। यस संस्थामाथि परेको विपद्को घडीमा हाम्रो सानो सहयोगले मनोबल बढोस् भन्ने हाम्रो चाहना हो मल्टीपल कोर्डिनेटर लायन योगेन्द्र प्रधान योगेन्द्र प्रधानले बताय ।

कार्यक्रमका संयोजक दिपेन्द्र कोइरालाले यस्ता सहयोगी गतिविधिहरूले आपसी विश्वास, सहकार्य र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

जिल्ला प्रहरी कार्यालय ध्वस्त भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भइरहेका बेला विभिन्न सहयोगी निकायहरुको सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।