सन्देश श्रेष्ठ
पोखरा, भदौ ३०
गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ती निकालेर जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा हराएका, चोरी वा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।
गण्डकी सरकारका उप–सचिव प्रविण ढकालले जारी गरेको सूचनामा आन्दोलनका क्रममा गण्डकी सरकार अन्तर्गतका विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड तथा आगजनी भएको मौका पारेर ती ठाउँहरुबाट सवारी साधन, टिभी, कम्प्युटर सेट, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर, फर्निचरलगायतका सामग्रीहरु चोरी वा लुटपाट भएको उल्लेख छ । विज्ञप्तीमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सीसीटीभी फुटेज र अन्य भिडियो विश्लेषण भइरहेको पनि जनाइएको छ । सूचनामा भनिएको छ,‘यदि कसैले यस्ता सामान लिएको वा प्राप्त गरेको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा इमान्दारीपूर्वक बुझाइदिनुहोस् ।’
गण्डकी सरकारले ईमान्दारपूर्वक सामान फिर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राख्ने जनाएको छ । तर फिर्ता नगरेमा भने छानविनमार्फत पत्ता लगाएर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा…







