सन्देश श्रेष्ठ
पोखरा, असोज ४
गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानविन गर्न संघ सरकारसँग आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा नीजि भवन, राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीको निन्दा गर्दै त्यसको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिए । उनले भने,‘जेनजी आन्दोलनका नाममा जे जति तोडफोड र आगजनी भए, त्यसको छानविन गरिनुपर्छ । र दोषीलाई कानूनी दायरामा ल्याउन संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।’
बैठकले प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयका सवारीमध्ये २० वर्ष भन्दा कम समयका सवारी साधनको वीमा दाबी गर्ने निर्णय गरेको छ । त्यसभन्दा माथि समयको सवारी साधनलाई भने हटाउने निर्णय गरेको उनले जानकारी दिए ।
प्रदेश सरकार आफैंले मात्र ठूलो पुनर्निर्माण सम्भव नभएकाले संघीय सरकारसँग प्राविधिक र वित्तीय सहकार्य गर्नुपर्ने प्रवक्ता गुरुङले बताए ।
बैठकले प्रदेश सरकार र गाउँपालिकाबीच गरिने पर्यटनको साझेदारी कार्यक्रमको कार्यविधी पनि पारित गरेको मन्त्री गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन्…







