सुशीला सरकारलाई ओलीले दिए हाहुको सरकारको संज्ञा, भनेः म विदेश भाग्दिन


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८२ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहु सरकारको संज्ञा दिएका छन् । जेनजी आन्दोलनको बलमा भएको सत्ता परिवर्तन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । सो सरकारले अघिल्लो सरकारमा रहेका शीर्ष नेताहरु तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ ।

शनिबार ओलीको नया निवास भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले आफू लगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने सरकारी तयारीप्रति आपत्ति जनाए । सुशील कार्की नेतृत्वको सरकारलाई हाहु सरारको संज्ञा दिदै उनले भने, ‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’

ओलीले आफू नेतृत्वको दल नेकपा एमालेले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत दाबी गरे । ‘हामीले यो देश बनाउनुपर्नेछ, फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं,’ उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।