भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय कुमार मल्होत्राको निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार ९४ वर्षीय मल्होत्राको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो।
मल्होत्रा भाजपा दिल्लीका प्रथम अध्यक्ष थिए।उनको निधनप्रति भाजपा दिल्लीले दुःख व्यक्त गरेको छ। भाजपा दिल्लीले विज्ञप्ति जारी गरी भनेको छ, ‘वरिष्ठ भाजपा नेता तथा भाजपा दिल्लीका प्रथम अध्यक्ष प्रोफेसर विजयकुमार मल्होत्राजीको आकस्मिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। दुःखको यस घडीमा सम्पूर्ण भाजपा परिवार उनको परिवारको साथमा छ।’उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन्।
उनले एक्समा लेखेका छन्, ‘विजय कुमार मल्होत्राजीले जनताको समस्याको गहिरो बुझाइ भएका एक असाधारण नेताको रूपमा आफूलाई प्रमाणित गर्नुभयो।’‘दिल्लीमा हाम्रो पार्टीलाई बलियो बनाउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँलाई उहाँको संसदीय योगदानका लागि पनि सम्झिनेछ। उहाँको निधनबाट म दुःखी छु।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







