नेकपा एमाले कास्कीले जेन जी आन्दोलनका क्रममा भदौं २४ गते भएको विध्वंशकारी घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ ।
एमालेले मंगलबार विज्ञप्ती जारी गरी गृह मन्त्रालयले आन्दोलनमा संलग्नलाई कारवाही नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको भन्दै,कानुन विपरितको कार्य नगर्न ध्यानाकर्षण गराएको छ । घटनामा संलग्नलाई कारवाही नभएमा दोषिले उन्मुक्ति पाउँने र समाजमा विघंशकारीको मनोबल बढ्ने तर्फ सचेत गराउँदै त्यस तर्फ पनि सचेत गरााएको छ । जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जारी गर्नुभएको विज्ञप्तीमा जेन जी आन्दोलन घटना जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको सामाजिक संजालमा व्यक्त भनाई प्रति गम्भिर आशंका व्यक्त गरिएको छ ।
आयोगको मर्म विपरीत पछिल्लो समयमा पुर्वाग्रही तवरले भएका काम कारवाही प्रति पनि ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







