पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालीजनका मौलिक चाडपर्वको संरक्षण एवं संवर्धन गर्न महानगर पालिका प्रतिबद्ध रहेको बताएका छन ।
विजया दशमी २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्र र राष्ट्रियता प्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न र विषम परिस्थितिका बाबजुत मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित गर्दै सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस पर्वको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । आचार्यले विजयादशमीले सबै नेपालीमा नयाँ उत्साह, जोस तथा जाँगर थप्दै समतामूलक समाजवाद स्थापना गर्ने सङ्कल्प हासिल गर्न सहयोग पुग्ने विश्वास समेत लिए ।
“समाजलाई पुर्नताजकी गर्ने र विभाजनबाट जोगाउँदै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न समेत यस पर्वले महत्वपूर्ण योगदान गर्ने कुरामा म विश्वस्त छु’ सन्देशमा भनिएको छ । मेयर आचार्यले सन्देशमा भनेका छन –“विजया दशमी पर्व असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा हर्ष एवम् उल्लासका साथ मनाउने विशेष महत्वको चाड हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव पर्व सुरु भएको मान्यता छ । दशैँ पर्वले काम, क्रोध, लोभ, मोह, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी लगायत गलत मानवीय आचरण त्याग्ने प्रेरणा दिन्छ भन्ने, विश्वास गरिन्छ ।
“यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समावेशी समानता सहित सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिएको छु’–जारी सन्देशमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






