असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८२ मा प्रकाशित




असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले शैक्षिक गतिविधी तथा क्रियाकलापको असल अभ्यास तर्फ देशभरि नै उत्कृष्ट दोस्रो बन्न सफल भएको छ।

शिक्षा विभाग अन्र्तगतको मानव श्रोत विकास केन्द्रले गरेको सर्वेका आधारमा बाटुलेचौरको विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट पहिलो र देशभरवाट छानिएका विद्यालयमा दोस्रो बन्न सफल भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न मापदण्डका आधारमा सामुदायिक मावि तर्फ विद्यालयको मापन गरिएको थियो । उत्कृष्ट पहिलो भने रुपन्देहीको कालिका मानव ज्ञान मावि भएको छ ।त्यस्तै पोखराकै शितलादेवी मावि पनि उतकृष्ट दशौं भित्र परेको छ भने म्याग्दीको वेनी सामुदायिक मावि पनि आठौंमा पर्न सफल भएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष सामुदायिक विद्यालय तर्फ पहिलो हुन सफल विन्ध्यवासिनी माविले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापका कारण पनि विद्यालय लगातार उत्कृष्ट रहँदै आएको वताएको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबै पक्षको मेहनत र शैक्षिक गुण्स्तरसँगै विभिन्न मापदण्डमा विद्यालय सबल भएका कारण उत्कृष्ट भएको बताउनुभयो । उहाँले विद्यालयको उत्कृष्टताले थप हौंसला प्रदान गरेको भन्दै थप गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्वेवारी बढेको प्रतिक्रिया दिनुभयो ।

उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्न केन्द्रले शिक्षा विभागलाई प्रस्ताव समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।