पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ।
बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। यसैगरी बाढीपहिरोमा परी ईलाममा ३७, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेप्रसाद भट्टका अनुसार, मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ। पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको पनि उनले जानकारी दिए।
पाँचवटा ठूला नदीमा नै बाढीको जोखिम कायम रहेको उनको भनाइ छ।यातायात बन्दको निर्णयलाई पूर्ववत् नै राखिएको बताउँदै उनले विपद्को जोखिम अझै कायमै रहेकोले सतर्कता अपनाउन आग्रह गरे। लामो दूरीको यात्रा नगर्न उनको सुझाव छ। वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने उनले बताए। इलाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३७ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलामका विभिन्न स्थानमा गरेर ३७ जनाको मृत्यु भएको हो भने पहिरोमा परि १ जना वेपत्ता भएका छन । यस्तै अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३७ जनाको मृत्यु भएकोे छ।मृतक मध्ये २३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण दर्जनौं घरहरू पुरिएका छन् भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्। प्हिरोमा परि माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।…






