फाईल फोटो
माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १४ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ। काठमाण्डौंको माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।संभावित आन्दोलनलाई मध्यनजर गरी ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ ।
जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।दुबैको जाहेरी परेपछि त्यस क्षेत्रकम सुरक्षा व्यवस्थामा कडाई गरिएको होजेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।
एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






