फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ ।
दशैं बिदा सकिए लगत्तै काठमाडौँ उपत्यका सहित विभिन्न जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ताका लागि मानिसहरूको भीड लागेको हो । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो । कास्कीमा पनि दैनिक जसो करिब २ सय जना मतदाता नामावलीमा नाम दर्ता गर्न आउने गरेका छन् । दशैं अघि एक दिनमात्र कार्यालय खुलेको र दशैं बिदा सकिए लगत्तै दैनिक करिब २ सय जना फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आउने गरेको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
नाम दर्ता गराउनेमा जिल्ला बाहिरका ३० प्रतिशत र कास्कीका ७० प्रतिशत रहेका छन् । कार्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिने र तिहार तथा छठ पर्व पछि यो सँख्या निकै बढ्ने न्यौपानेले बताए । निर्वाचन आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ । आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ।
फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







