दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ ।

परियोजना अन्र्तगत आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा , रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराई लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो ।

रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्झौता पत्रमा दुई महिना अगाडि नै हस्ताक्षर भइ परियोजना अगाडि बढाउने सहमति भएको थियो । आठ लाख रुपैया खर्च हुने टेक एज युथ कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले नै व्यवस्था गर्नुपर्ने कार्यक्रम संयोजक एलिसा के सी ले वताइन् । सम्झौता अनुसार परियोजना बाट लक्षित समुदायका विभिन्न ४ विद्यालयबाट पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोरकिशोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।