आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल ओमानमा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ ।समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्न लागेको हो । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।
नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ । यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । कप्तान रोहित पौडेलले यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताए ।यूएईका प्रशिक्षक लालचन्द राजपुतले पनि सुपर सिक्समा नेपाल र ओमानजस्ता टोलीको सामना गर्न तयार रहेको बताएका छन् ।
सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







