यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ ।
धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।
स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको समेत बताए ।“पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् । कतिपय कृषकले काट्न थालिसकेका छन्”, उनले भने, “स्थानीय जातका जेठोबूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ ।”
पोखराका पामे, बिरौटा, कुँडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







