नेपाली काँग्रेस कास्कीको भवन मर्मत सम्भारका लागि समिति गठन गरिएको छ ।
नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटको संयोजकत्व भवन मर्मत सम्भार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सदस्यमा कोषाध्यक्ष माइकल कर्माचार्य, सदस्यमा पार्टीका सदस्यहरु बाबुराम गिरी र बुद्विमान गुरुङ रहेका छन् ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा पदाधिकारीहरुको बैठकले समिति गठन गरेको हो ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।भवन मर्मत सम्भारका लागि ठूलो रकम खर्च लाग्ने अनुमान गरिएको छ ।
पार्टीका सदस्य एवं शुभेच्छुकसँग सहयोग संकलन गरि भवन मर्मत सम्भार गरिने प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







