पूर्वसभामुख कृष्णबहादुर महरा काठमाडौंमा पक्राउ


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८२ मा प्रकाशित




नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको हो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।