अरिङ्गालले टोक्दा लमजुङमा एकको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८२ मा प्रकाशित




अरिङ्गालले टोक्दा लमजुङमा एक जना वृद्धको मृत्यु भएको छ ।

आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिए । उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।”

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।