नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हालै भएको ‘जेन जी’ आन्दोलन हिंसात्मक बनेको आराप लगाएका छन्।
उनले ओलीकै कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताउँदै, उनमा अझै पनि कुनै पश्चाताप नदेखिएको बताए।बिहीबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले शान्तिपूर्ण रूपमा सुरु भएको युवाहरूको आन्दोलनमाथि सरकारले गरेको दमन र सुरक्षा लापरवाही नै क्षतिको मुख्य कारण भएको उल्लेख गरे।
युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले संवेदनशीलतापूर्वक व्यवस्थापन गर्न नसकेको र सुरक्षा तयारीमा चुकेकाले स्थिति भयावह बनेको उनको को दाबी थियो। ‘कलेजको पोसाकमै रहेका युवाहरूको टाउको र छातीमा गोली हानियो, यसले अन्तर्राष्ट्रिय स्तरमै देशको छविमाथि गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने।
उनले घटनालगत्तै माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा माग्ने र उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्ने पहिलो दल बनेको बताउँदै देशलाई सही दिशा दिन आफ्नो पार्टीले निरन्तर पहल गरिरहेको सुनाए। संयोजक प्रचण्डले देश निर्वाचनतर्फ उन्मुख भइसकेको बताउँदै,निर्वाचन नै अबको उत्तम विकल्प भएको स्पष्ट पारे ।
संसद पुनःस्थापना हुनसक्ने भएपनि उक्त एजेन्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको प्रचण्डको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






