कालिका मन्दिर कोत मामलियतमा कर्ण बहादुर


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८२ मा प्रकाशित




पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिको अध्यक्षमा कर्णबहादुर खड्का चयन भएका छन् ।

समितिको सम्पन्न छैटौं अधिवेशनले खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नारायण देवकोटा, सहसचिवमा कुलबहादुर खत्री,कोषाध्यक्षमा बलराम भट्टराई र सदस्यमा जीवनारायण श्रेष्ठ, जयलाल भट्टराई,रुद्रप्रसाद तिमिल्सीना,शारदा देवकोटा,सागर देवकोटा,शरदचन्द्र देवकोटा, पार्वती तिम्सिना र पदेन सदस्यमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् ।

त्यस्तै आमन्त्रित सदस्यमा रमेश अधिकारी, हरिबहादुर बाँनिया र रिता काफ्ले चयन भएको सचिव नारायणप्रसाद देवकोटाले जानकारी दिए । समितिको पदावधि ३ वर्षको छ ।नवनिर्वाचित समितिको पदस्थापन कार्तिक १ गते शनिबार हुने बताईएको छ ।

समितिका अध्यक्ष दुर्गा केसी थापाको अध्यक्षतामा अधिवेशनको भएको भएको थियो


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।