जेनजी नेता मिराज ढुंगानाद्वारा पार्टी खोल्ने घोषणा


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०८२ मा प्रकाशित




पोखरा, असोज ३१

जेनजी नेता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनका लागि अनुमति माग्ने ढुंगानाले नया पार्टी खोल्ने घोषणा गरेका हुन् । ढुंगानाले शुक्रबार विहान सामाजिक सञ्जाल फेसवुकमा भिडिओ पोस्ट गर्दै ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएकोले जेनजीको माग, उनीहरुको सपना पूरा गर्न पनि राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएकाले त्यसको जिम्मेवारी बोधसहित पार्टी खोज्न लागेको उनले प्रष्टिकरण दिएका छन् । तर पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा भने नजाने उनले स्पष्ट पारेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने भन्दै उनले भनेका छन्,‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ ।’

ढुंगानाले पार्टी गठनका लागि आवश्यक तयारी गर्न एक समिति बनाएको पनि जनाएका छन् । यसबारे थप जानकारी कात्तिक १ गते शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईने उनले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।