पोखरा १७ ड्यामसाईडमा आइतबार नवौँ संस्करणको दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ ।
ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन बिगतका वर्षहरुमा झै यस वर्ष पनि दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।
ड्यामसाईडमा ग्रास रुटबाट फुटबल विकास गर्ने उद्देश्यका साथ ड्यामसाईडमा फुटबल मैदान निर्माणका लागि आर्थिक सहयोग संकलनार्थ साँगितिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक एवं क्लवका सचिव प्रमेन्द्र थापाले बताए ।
कार्यक्रमलाई सफल पार्न व्यक्ति देखि विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको क्लवले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







