म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरी चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक भेटिएका छन् ।
धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक २४ घण्टापछि शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा पुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।
सेभेन समिट टे«किङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







