शिशिर उजाड
पोखरा
पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिमा चयन भएका पदाधिकारी र सदस्यको पदस्थापन गरिएको छ ।
हालै सम्पन्न समितिको छैटौं अधिवेशनबाट चयन भएका अध्यक्षमा कर्णबहादुर खड्का सहितका सदस्य तथा सल्लाहकारलाई पदस्थापन गरिएको हो । उनीहरुलाई निवर्तमान अध्यक्ष दुर्गा केसी थापा र निर्वाचन समितिका संयोजक रामबहादुर बाँनियाले पदस्थापन गराए ।अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बेनीबहादुर बस्नेत, हिमालय क्लवका अध्यक्ष मोहन थापा, समितिका कोषाध्यक्ष बलराम भट्टराई लगायतले सामाजिक संघ संस्थामा हुने असल नेतृत्वले संस्थाको चौतर्फी विकासमा ठुलो योगदान पुर्याउने बताए ।कार्यक्रमको संचालन कालिका मन्दिरका मुल पुजारी एवं समितिका सचिव नारायणप्रसाद देवकोटाले गरेका थिए । अधिवेशनले खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको थियो।
समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नारायण देवकोटा, सहसचिवमा कुलबहादुर खत्री,कोषाध्यक्षमा बलराम भट्टराई र सदस्यमा जीवनारायण श्रेष्ठ, जयलाल भट्टराई,रुद्रप्रसाद तिमिल्सीना,शारदा देवकोटा,सागर देवकोटा,शरदचन्द्र देवकोटा, पार्वती तिम्सिना र पदेन सदस्यमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् । त्यस्तै आमन्त्रित सदस्यमा रमेश अधिकारी, हरिबहादुर बाँनिया र रिता काफ्ले चयन भएको सचिव नारायणप्रसाद देवकोटाले जानकारी दिए । समितिको पदावधि ३ वर्षको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







