काठमाडौं, कात्तिक ९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार मन्त्री नबन्ने भएका छन् । चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी हुन् । आज विहान उनीसहित ४ जनालाई मन्त्री बनाउने प्रधानमन्त्री कार्कीले राष्ट्रपती समक्ष सिफारिस गरेकी थिईन् ।
सुनार मन्त्रीमा सिफारिस भएपछि चौतर्फी आलोचना भएको थियो । उनी प्रहरीको फरार सूचीमा रहनुका साथै उनीबिरुद्द बहुविवाहलगायतका मुद्दा दर्ता रहेको बताईन्छ । सुनारको आलोचना शुरु भएपछि प्रधानमन्त्री कार्कीले मन्त्री बनाउने÷नबनाउने बारेमा छलफल थालेकी थिईन् ।
मन्त्री बन्ने सूचीबाट हटाइएका सुनार दलित अधिकारकर्मी तथा अभियन्ता हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







