राष्ट्रिय परोपकार महासंघ नेपाल,वडा एकाई समिति पोखरा–१६,को अध्यक्षमा गणेशबहादुर बाँनिया चयन भएका छन्।
महासंघको सम्पन्न १२औ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले बाँनियाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको सदस्य श्यामसुन्दर आचार्यले जानकारी दिए । महासंघको वरिष्ठ उपाध्यक्षमा शारदा देवकोटा, उपाध्यक्षमा लक्ष्मी शर्मा तिमिल्सिना, सचिवमा शोभाकर गौतम,सहसचिवमा तारादेवी भट्टराई, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सदस्यहरूमा सीता थापा, मनु थापा, सीता सापकोटा, श्यामसुन्दर आचार्य र दुर्गा अधिकारी सर्वसम्मत रूपमा चयन भए।
राष्ट्रिय परोपकार महासङ्घका वडा समितिका अध्यक्ष होमनाथ पौडेल “शिवजी” को अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय उपाध्यक्ष सीता पराजुलीले गरेकी थिईन्। उनले मानव जीवनको सबैभन्दा ठुलो कर्म नै परोपकार भएको बताउँदै, सभ्य समाजका लागि परोपकारी भावना आवश्यक रहेको बताईन् ।
साधारण सभाले सचिव मोहन थापा “संयोजन”को बार्षिक प्रतिवेदन,कोषाध्यक्ष लक्ष्मी शर्मा तिमिल्सिनाको आर्थिक र लेखा समितिको प्रतिवेदनलाई पारित गरेको छ ।कार्यक्रमको संचालन महासंघका सचिव मोहन थापा“संयोजन”ले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







