नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता गर्न नहुनेमा जोड दिएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी, एकताको अन्तिम चरणमा पुगेका बेला नेता श्रेष्ठले एकताका लागि धैर्यतापूर्वक प्रयत्न गर्नुपर्ने बताउँदै हतार गरेर समग्र एकता र सार्थक पुनर्गठनको स्थिति नबन्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रूपान्तरण र बृहत् पुनर्गठन आजको आवश्यकता रहेको बताए। दुइ पार्टी बिचको एकता प्रक्रियालाई यही बृहत् दृष्टिकोणबाट हेर्नुपर्नेमा उनले जोड दिएका छन्।श्रेष्ठले सामाजिक सञ्जालमा एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रूपान्तरण र पुनर्गठनसहित अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ भनी लेखेका छन।
माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पहल गर्ने निर्णय गरे पनि यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ। उनले पार्टीहरू नै विभाजित भएर एकताको प्रक्रियालाई सफल बनाउन नसिकने भन्दै यसका लागि सुनिश्चित हुनुपर्ने बताए। यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन्। तर, एकतापछिको पार्टीको नामका विषयमा अझै निर्णयमा पुगिसकेका छैनन्।एकताका बिषयमा नेकपा समाजवादीभित्र पनि एकमत छैन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बहिर्गमन नहुने हो भने एकता प्रक्रियामा सहभागी नहुने समाजवादीका केही नेताले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







