देशका केही स्थानमा आउँदो मंगलबार वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त दिन बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षारहिमपातको पूर्वानुमान छ । “कार्तिक १८ गते ९मंगलबार०को दिन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पश्चिमी वायु केही सक्रिय हुँदा मंगलबार र बुधबार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।“आउँदो मंगलबार र बुधबार सुदूरपश्चिमको उत्तरी भूभाग तथा कर्णालीमा पुनः हल्का वर्षा र हिमपात देखिन्छ । यो हिमपात डोल्पा र मुस्ताङसम्म आइपुग्न सक्छ । सुरक्षित रहौँ,” मौसमविद् उज्ज्वल उपाध्यायले सामाजिक संजालमा लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा विनोद पोखरेलले पनि मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुन सक्ने बताएका छन् ।आइतबार भने देशका केही स्थानमा वर्षाको पूर्वानुमान छ ।
कोसी,वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जलवायुविज्ञ डा धर्मराज उप्रेतीले हाल कुनै सक्रिय मौसम प्रणाली नभएको बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






